वैशाख यता तनहुँमा कोरोना सङ्क्रमणबाट १०४ को मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लाका १०४ को मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । भानु नगरपालिका सात, व्यास नगरपालिकाका २६, शुक्लागण्डकी नगरपालिकाका ४१, भिमाद नगरपालिकाका १५, म्याग्दे गाउँपालिकाका ६, घिरिङ गाउँपालिकाका चार, देवघाट गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका तीन र आँबुखैरेनी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
पाँच पालिका उच्च जोखिममा
तनहुँमा दैनिक रुपमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । निषेधाज्ञा जारी भए पनि सर्वसाधारणबाट लापरबाही बढेकाले कोरोना सङ्क्रमणको जोखिम बढिरहेको हो । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ छ । वैशाख यता जिल्लाका चार हजार ७८६ कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये चार हजार २४५ सङ्क्रमणमुक्त भएका छन् ।
दश स्थानीय तहमध्ये पाँच स्थानीय तह उच्च जोखिममा छन् भने पाँच स्थानीय तह मध्यम जोखिममा रहेको कार्यालयका प्रमुख शङ्कर बाबु अधिकारीले जानकारी दिए । उनका अनुसार भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका कोरोनाको उच्च जोखिममा छ । घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका मध्यम जोखिममा छन् ।
भानु नगरपालिकाका ३१७, व्यास नगरपालिकाका एक हजार ६०६, शुक्लागण्डकी नगरपालिकाका एक हजार २७२, भिमाद नगरपालिकाका ४९०, म्याग्दे गाउँपालिकाका ४३९, घिरिङ गाउँपालिकाका १३४, ऋषिङ गाउँपालिकाका ८३, देवघाट गाउँपालिकाका ७८, बन्दीपुर गाउँपालिकाका २५८ र आँबुखैरेनी गाउँपालिकाका १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यसमध्ये भानुमा २५७, व्यासमा एक हजार ३९१, शुक्लागण्डकीमा एक हजार १२५, भिमादमा ४५१ र म्याग्देमा ३९५ जना सङ्क्रमणमुक्त भएका छन् । घिरिङमा १२६, ऋषिङमा ७९, देवघाटमा ७२, बन्दीपुरमा २५२ र आँबुखैरेनीमा ९७ जना सङ्क्रमणमुक्त छन् ।
जिल्लामा यस अवधिमा छ हजार १०५ जनाको पीसीआर र छ हजार ६०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमण हुने दर भानु नगरपालिकामा बढी छ । उक्त नगरपालिकामा कूल परीक्षणको ५५।८१ प्रतिशतमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।
“निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणबाट स्वास्थ्य मापदण्ड अपनाएको देखिएको छैन,” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, “यसलाई कडा नगरिए स्थिति राम्रो हुँदैन ।” निषेधाज्ञा खुकुलो भए पनि कोरोना जोखिम नघटेकाले स्वास्थ्य मापदण्ड अपनाउन अधिकारीले आग्रह गरे । “स्वास्थ्य मापदण्ड अपनाए मात्रै कोरोना सङ्क्रमण न्यूनीकरण हुन्छ, लापरबाही गर्नुभएन,” अधिकारीले भने, “यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।”
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’