काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीद्वारा गठित ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
शनिबार थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो घोषणा गरेका हुन् ।
उनले अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह समेत गरेका छन्।
आफूले जिम्मेवारी त्याग्नुको कारण उनले खुलाएका छैनन् ।
राप्रपाले अध्यक्ष थापाको नेतृत्वमा गत साउन ८ गते मात्रै स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको थियो । गठन भएको एक महिना नपुग्दै थापाले जिम्मेवारी त्यागेका हुन् ।
सम्बन्धित खबर
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
आफूविरूद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न मेयर हर्कले लेखे गृहमन्त्रीलाई पत्र
रविलाई पोखरा लैजाँदा प्रहरीले मापसे गरेको थिएन: प्रहरी
प्रधानमन्त्री केपी ओलीले गरे दमक भ्यू टावरको उद्घाटन
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
एक करोड भन्दा धेरैको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य