काठमाडौँ । नेकपा एमालेका तेस्रो धारका नेताहरु अन्ततः एमालेमै रहने भएका छन् । माधव नेपालको साथ छाडेर मध्यमार्गी भूमिकामा बसेका नेताहरू र अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा आज सोमबार भएको छलफल सकरात्मक भएकाले उनीहरु एमालेमै रहने भएका हुन् ।
सोमबार ओलीसँग छलफलका लागि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालकोट पुगेका थिए ।
यसअघि माधवकुमार नेपाल निकट रहेका उनीहरु पार्टी विभाजनमा भने तथस्ट बसेका थिए ।
मंगलबार नेता नेपालको नेतृत्वमा नयाँ पार्टी नेकपा (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा सनाखत हुँदैछ । त्यसअघि नै यसअघि नै कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भन्दै तेस्रो धारका नेताहरुले अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका थिए । सोही अनुसार सोमबार भएको छलफल सकरात्मक भएपछि उनीहरु अब एमालेमै रहने भएका हुन् ।
आजको सहमतिअनुसार एमालेका केन्द्रदेखि टोलसम्मका सबै कमिटी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्कनेछन् । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुने बताइएको छ ।
यससँगै अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन् । तेस्रो धारका नेताहरु मंगलबार स्थायी कमिटीको बैठकमा सहभागी हुनेछन् । केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने जनाइएको छ ।
आजको छलफलमा अध्यक्ष ओलीले आफूले पार्टीका सबै नेतालाई समान व्यवहार गर्ने, पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार रहेको र नेताहरूलाई पुरानै जिम्मेवारी दिन तयार रहेको बताएका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ