सोमबार गण्डकीका २६९ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०३९ जनामा गरिएको नमुना परीक्षणमा थप २६९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १६४ जना, तनहुँका चार जना, गोरखाका १७ जना, लमजुङका १७ जना र नवलपुरका २५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका २८ जना, पर्वतका एक जना, बागलुङका नौ जना र म्याग्दी जिल्लाका चार जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७९ हजार २६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ६५४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७३ हजार २०५ पुगेको छ।
सोमबार गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका एक जना र कास्की पोखरा महानगरका तीन जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२४३ पुगेको निर्देशनालयले जनाएको छ।
सम्बन्धित खबर
पत्रकार महासंघ चुनाव स्थगित गरेकोमा गोरखा शाखा निलम्वन
पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित
पत्रकार महासंघ पर्वत अध्यक्षमा सापकोटा
पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम
पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा
मुस्ताङमा आलु ‘जोन’ सञ्चालन
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो