गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गरेका छन्।
उनले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी दिए। उनले भने, ‘म सांसद हुँदादेखि नै प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्तामा केही आफुले पनि थपेर सामाजिक सेवासँगै विकास निर्माण कार्यमा समेत खर्च गर्दै आएको छु।
मन्त्री थापाले नेपाली कांग्रेसको सरकार आएपश्चात् पोखरा-३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोही अनुरुपको काम भइरहेको बताए। सरकारी निवाससमेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफु समर्पित हुने प्रतिबद्धता जनाए।
२०७५ सालमा उनले १० लाख ५४ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेका थिए । त्यतिबेला उनले सांसदको हैसियतमा ७ लाख रुपैयाँ ९ हजार रुपैयाँ पाएका थिए । उक्त सुविधामा व्यक्तिगत साढे तीन लाख रुपैयाँ थप गरेर सामाजिक क्षेत्रमा खर्च गरेका थिए ।
२०७६ सालमा पनि उनले प्रदेश सभा सचिवालयबाट आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माणको काममा खर्च गरेका थिए ।
अहिले उनै थापा प्रदेशको मन्त्री बनेका छन् । मन्त्री बनेपछी आवास सुविधा नलिने निर्णय गर्दै आफ्नो निवास नै भेटघाटको लागि खुला गरेका छन् । आफूले व्यक्तिगत सुविधा नलिने, पाउने सुविधा जनताका लागि खर्च गर्ने प्रतिबद्धता उनले दोहो¥याएका छन् ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो