काठमाडौँ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।
उनीहरुले पार्टीले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग गरेका छन् ।
धर्नामा पार्टीका केन्द्रीय नेताहरू अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाएका थिए । यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत यो मागका बारेमा जानकारी गराएका थिए ।
यसैबीच, सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति गरेर हिजो सोमबार साँझ क्रियाशील सदस्यता विवाद टुंगो लागेको घोषणा गरिएको थियो । सिटौलाले देउवा र पौडेललाई क्रियाशील सदस्यहरुको प्रतिवेदन बुझाएका थिए । तर मंगलबारै पौडेल पक्षीय जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् ।
जिल्लाले सिफारिश गरेभन्दा फरक नामावली र संख्या स्वीकृत गरिएको आशंका गर्दै उनीहरु धर्नामा बसेका हुन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ