छत्रधर आत्रेय लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध चुनिएका छन् । मंगलबार उम्मेदवारी दर्ता तालिका रहेकोमा उनको बाहेक अन्यको उक्त पदमा उम्मेदवारी परेन ।
अन्य पदाधिकारीको छिनोफानो भने निर्वाचनबाटै हुने पक्का भएको छ । वरिष्ठ उपाध्यक्षमा हालका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरत कुमार अधिकारी चुनावी मैदानमा उत्रनेछन् । त्यस्तै, प्रथम उपाध्यक्षमा राजेन्द्र ओझासंग पूर्व द्वितीय उपाध्यक्ष रहिसकेका प्रकाश लाल श्रेष्ठले प्रतिष्पर्धा गर्नेछन् । द्वितीय उपाध्यक्ष पदमा शैलेन्द्र मोहन भट्टराई र गोपिचन्द्र बास्तोला प्रतिष्पर्धा गर्नेछन् ।
महासचिव पदमा वर्तमान उपमहासचिव उपेन्द्र सुवेदी ‘राजु’ र कार्यसमिति सदस्य मेनुका श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ । अघिल्लो कार्यसमितिमा महसचिव पदका उम्मेदवार रहेका ऋषिराम जमरकट्टेल यसपालि पनि महासचिवमा दावेदारी दिने मनसाय बनाएपनि उम्मेदवारी दिनेबेला भने पछि हटे । तीन कार्यकाल सदस्य रहिसकेकी मेनुका कोषाध्यक्षमा उठ्ने बताइएपनि महासचिव पदमै उम्मेदवार बनेकी हुन् ।
उपमहासचिव पदमा भने कोषाध्यक्ष जानुका पराजुली र कार्य समिति सदस्य धिरजकुमार श्रेष्ठ मैदान उत्रनेछन् । सबैभन्दा धेरै उम्मेदवार आकांक्षी रहेको कोषाध्यक्ष पदमा रामजी पौडेल, भिम बहादुर नेपाली ‘काईला’, भरत ओझा र दिल कुमारी दाहाल ‘सन्ध्या’ बीच प्रतिष्पर्धा हुनेछ । आठ खुल्ला सदस्य, दुई महिला सदस्य, एक संस्थागत सदस्य र एक एशोसियट सदस्य गरी १२ जना सदस्यको लागि ३० जनाको उमेदवारी परेको छ।
टीकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि बस्ताकोटी, माधव तिवारी, ईन्दिरा रोक्का, प्रमोद भण्डारी, राजन कल्याण बड्गामी, पुष्पमणि भण्डारी, ध्रुबबाबु भट्टराई, खेमराज बराल, जिवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्ण बहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी, ईन्द्र बहादुर थापा, विरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धि प्रसाद बास्तोला र लक्ष्मी प्रसाद ढुंगाना आकांक्षी छन् ।
दुई जना महिला सदस्यमा गंगा मल्ल, तुलसी थापा क्षेत्री, शान्ति कुमारी खनाल, बुद्धि कुमारी मगर र रञ्जना बरालबीच प्रतिष्पर्धा हुनेछ । एक संस्थागत सदस्यको लागि राम बहादुर गुरुङ र महेश्वर आचार्यको उम्मेदवारी परेको छ भने एक एशोसियट सदस्यको लागि विरेन्द्र बानियाँ र मेघराज पौडेलबीच प्रतिष्पर्धा हुने भएको छ ।
अध्यक्षसंगै पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएट सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहनेछन् । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ ।
भदौ १८ र १९ गते महाधिवेशन तोकिएको छ । संघमा हाल १ हजार ७ सय ५१ व्यबसायी आवद्ध रहेका छन्।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?