लकडाउनका कारण ४ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी बिहीवारदेखि हुने भएको छ ।
लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ ।
तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ।
महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए।
विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ। परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ। तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाउने विभागको भनाइ छ।
परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ।
नयाँ आवेदन अनिश्चित
झन्डै ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम देखिन्छ । पुराना परीक्षार्थीको संख्या ६ लाखको हाराहारीमा रहेकाले नयाँ कहिलेबाट खुलाउने भन्ने निश्चत नभएको हो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु