काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।
शनिबार युथफोर्सद्वारा ललितपुरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने– ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ–नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’
उनले पार्टी फुटेको नभई चोइटिएको बताएका छन्। उनले फुट्नु र चोइटिनु फरक कुरा भएको भन्दै अहिले केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताए ।
‘पार्टी फुट्यो भन्छन् कतिपयले । फुटेको होइन, केही मान्छे पतित भएका हुन्, बिग्रिएका हुन्। ती बिग्रिएका मान्छेले पार्टी छाडेका हुन्। अलिकति चोइटिएको हो भन्न सक्नुहुन्छ। फुट्नु र चोइटिनु फरक कुरा हो। भाँडाको छेउमा अलिकति चोट लाग्नसक्छ। अलिकति चोइटिनसक्छ। फुटेपछि गयो! पक्लक्कै हुन्छ। चोइटिएर पकाउन पनि खाँचो हुँदैन। खान पनि खाँचो हुँदैन,’ उनले भने।
सम्बन्धित खबर
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीले भने– ‘नेपाल चीन सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो भएन’
प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो