इन्द्रजात्राको साइत सार्वजनिक

इन्द्रजात्राको साइत सार्वजनिक

indrajatra

काठमाडौँ । पञ्चाङ निर्णायक समितिले यो वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई समितिले बुझाएको पत्रअनुसार भदौ २३ गते बुधबार इन्द्रजात्राको लिङ्गो लिन जाने साइत तय गरिएको छ । समितिले तय गरेको साइतअनुसार सोही दिन बिहान १० बजेर ५२ मिनेट जाँदा वन यात्राको टोली भक्तपुर पुग्नेछ ।

सोही दिन राति ७ बजेर २७ मिनेट जाँदा रुख काट्ने, भदौ २९ गते मंगलबार १० बजेर ३४ मिनेट जाँदा लिङ्गो नगर प्रवेश, असोज २ गते शनिबार बिहान ६ बजेर ५१ मिनेट जाँदा इन्द्रध्वजोत्थान गर्ने साइत रहेको छ ।

समितिले असोज ३ गते आइतबारदेखि कुमारीको यात्रा गर्ने साइत तय गरेको छ । सो दिन तल्लो टोल यात्रा र असोज ४ गते सोमबार माथिल्लो टोल यात्रा शुरु हुनेछ ।

कुमारी यात्रा शुरु भएलगत्तै दैनिक विभिन्न किसिमको जात्रा हुनेछ । समितिले असोज ८ गते शुक्रबार नानिचा यात्रा र सोही दिन राति १० बजेर ३६ मिनेटको साइतमा इन्द्रध्वज पतन गर्ने कार्यक्रम छ ।

समितिले असोज २३ गतेबाट शुरु हुने जात्रा असोज ८ गते अन्त्य हुने साइत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds