मोटरसाईकलमा सवार युवालाई खुकुरी प्रहार गरि हत्या

मोटरसाईकलमा सवार युवालाई खुकुरी प्रहार गरि हत्या

khukuri

लमजुङमा खुकुरी प्रहारबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा राईनास नगपालिका-९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ। खुकुरी प्रहार पछि गम्भीर घाइते भएका आलेको भरतपुर हस्पिटल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृतक आलेको टाउको र हातमा गम्भीर चोट लागेको थियो। आलेलाई खुकुरी प्रहार गर्ने सुरज थापा फरार रहेका छन्। फरार थापा ट्याक्टर चालक भएको बताईएको छ। खुकुरी प्रहार गरी फरार भएका थापाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds