ईपीएलको विजेताले ५० लाख पाउने

ईपीएलको विजेताले ५० लाख पाउने

epl_logo

काठमाडौँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएको हो । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

ईपीएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको हो । यससँगै ईपीएल नेपालमा सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइज क्रिकेट बनेको छ।
अघिल्लो संस्करणको विजेताले २५ लाख र उपविजेताले १० लाख प्राप्त गरेको थियो ।

ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds