काठमाडौँ । दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेको विषयमा छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक जनार्दन गौतमले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।
छानविन समितिले तयार पारेको प्रतिवेदनमा उक्त घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)कै संलग्नता रहेको निष्कर्ष निकालेको छ।
समितिले एसएसबीको संलग्नतामा पुनः अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिश गरेको छ। समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदन हिजो गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको हो ।
घटना भएको ठाउँ भारतीय भूमि भएकाले नेपाल तर्फबाट अनुसन्धान गर्न कानुनी जटिलता रहेको समितिको निष्कर्ष छ । समितिले घटनाको अनुसन्धान भारततर्फबाट पनि गराई दोषीलाई कारबाही र पीडित परिवारलाई राहत दिलाउनको लागि कुटनीतिक पहल आवश्यक रहेको ठहर गरेको छ ।
‘समितिले घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानूनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिश गरेको छ’ गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए।प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।
सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते गृह मन्त्रालयकै सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष