– यदुनाथ बन्जरा
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, प्रस्याङकै शिवशक्ति घ्यू उद्योग प्रा.लि. शाखा पोखरा र के.एल दुगड ग्रुप शाखा पोखरामा अनुगमन गरेको थियो ।
अनुगमन समितिले कुन्दन र निलकमल ब्राण्डको तेलको डिस्ट्रिब्युटर्स नारायणी आयल रिफाइनरी प्रा.लि. पोखरा शाखाले मूल्यसूची नराखी कारोबार गरेको आरोपमा उपभोक्ता हित संरक्षण ऐन बमोजिम ५० हजार रुपैया जरिवाना गरेको छ । यस्तै शिवशक्ति घ्यू उद्योग प्रा.लि.ले पनि शाखा अनुमती नलिइ कारोबार गरेकोले ऐनको दफा ३८ (ट) को कसुरमा दफा ३९ (घ) बमोजिम ५० हजार जरिवाना तिराएको छ । यस्तै के.एल. दुगड ग्रुप पोखरा शाखालाई स्थानिय सरकारबाट व्यवसाय सञ्चालन अनुमति लिएको तर मापदण्ड पूरा नगरेको भन्दै एक हप्ता भित्र निर्देशनालयमा हाजिर हुन पत्र थमाएको छ ।
अनुगमन टोलीले तेलको खुद्रा मूल्यमा बढी नाफा राखेर अधिकतम मूल्य प्रिन्ट गरेको फेला पारेको छ । प्रति १ लिटर पाउँचको तेलमा ३० देखि ४० रुपैया सम्म नाफा राखेर मूल्य प्रिन्ट गरेको फेला परेको अनुगमनका सदस्य तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराका सूचना अधिकारी भरतमणि बरालले बताए ।
अनुगमन गरिएका सबै डिपोहरुले शाखा कार्यालय उल्लेख गरे पनि कानून बमोजिम शाखा सञ्चालन गर्ने अनुमति कुनैले लिएका छैनन् । नियमन जुन निकायले उद्योग, व्यापार दर्ता गरेको हुन्छ त्यही निकायबाट शाखा सञ्चालन अनुमति लिएर मात्र व्यापार गर्न पाइन्छ । बारा, पर्सा, विराटनगरमा उद्योग दर्ता गरेका अधिकांश उद्योगहरुले शाखा स्वीकृति लिएका छैनन् । अब शाखा अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्ने सरकारी अनुगमन अधिकारी समक्ष व्यापारीहरुले प्रतिवद्धता जनाएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यको नेतृत्वमा भएको संयुक्त बजार अनुगमनमा खाद्य निरीक्षक शिवजी बराल, उपभोक्ता मध्ये गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला, गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुनाथ पौडेल, प. ना.नि. राजेन्द्र पौडेल, निर्देशनालयका सूचना अधिकारी भरतमणी बराल, प्रदिप कुमार रेग्मी, महराज ढकाल संलग्न रहेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु