१४ बर्षिया बालिका बलात्कारको आरोपमा पर्वतमा युवक पक्राउ

१४ बर्षिया बालिका बलात्कारको आरोपमा पर्वतमा युवक पक्राउ

narayan giri

पर्वत । १४ वर्षिया बालिकालाई बलात्कार गरेको उजुरीपछि पर्वतमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले जलजला गाउँपालिका ८ का २० वर्षिय नारायण गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

पर्वत प्रहरीका अनुसार गिरीलाई गत भदौ १४ गते जलजला गाउँपालिका–८ ज्यामिरेमा १४ वर्षिया बालिकालाई करणी गरेको भनी बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो । सहमतिमै यौन सम्पर्क भएपनि उमेर नपुगेमा कानुनले जबर्जस्ती करणी ठहर्छ ।

आरोपी गिरी विरुद्ध भदौ १६ मा जबर्जस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ