पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक दुईतर्फी खुल्यो

पाँच दिनदेखि बन्द बेनी–जोमसोम सडक दुईतर्फी खुल्यो

beni jamsom

म्याग्दी । मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ ।

निरन्तरको वर्षासँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठेमा खसेको पहिरो पन्छाएपछि हिजो बिहीबारदेखि सडक दुईतर्फी खुलेको हो ।

गएको आइतवारदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि हिजोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना स्तरोन्नतिको जिम्मा पाएको शर्मा गजुरमुखी जेभीको जेसिभी मेशिन मगाएर पहिरो पन्छाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ