पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले जारी राखेको निषेधाज्ञा केहि खुकुलो बनाइएपनि बेतुकको निर्णयलाई निरन्तरता दिइएको भन्दै निर्माण व्यवसायी तथा ढुवानीकर्ताहरु रुष्ट बनेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कास्कीमा संक्रमण दर बढी नै रहेको कारण देखाउँदै त्यसको फैलावटलाई रोक्नका लागि जारी निषेधाज्ञा भाद्र ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
निर्णयको बुँदा नं. २ घ मा भनिएको छ: ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट, इट्टा लगायतका निर्माण सामाग्री बोकेका सवारी साधनहरु साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने ।

यस बुँदाप्रति निर्माण व्यवसायीको आपत्ति रहेको छ । यसअघि नै जारी निषेधाज्ञामा यो बुँदा हटाउन माग गरेपनि प्रमुख जिल्ला अधिकारीले आगामी हप्ता सच्चिने आश्वासन दिएपनि पुनः निरन्तरता दिएकोमा निर्माण व्यवसायीहरुले आपत्ति जनाएका हुन् ।
प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराए
यसैबीच, कास्कीका निर्माण व्यवसायीहरुले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटेर निर्माण व्यवसायका लागि आवश्यक पर्ने ढुवानीकर्ता सवारीसाधनलाई दिउँसोको समयमा नरोक्न ध्यानाकर्षण गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी गौतमले ट्राफिक व्यवस्थापनका कारण अहिलेलाई दिउँसोको समयमा ढुवानी गर्ने मालवाहक गाडीहरुलाई रोक लगाउनुपरेको बताएका छन् । सिडिओ गौतमको भनाई उदृत गर्दै निर्माण व्यवसायी युवराज खतिवडाले भने– ‘हाललाई अफिस समयमा सिटी एरियामा निकाल्दैनौं, तर हाईवे क्षेत्रमा चलाउन पाउनुपर्छ । डिपोसम्म सामाग्री अनलोड गर्ने व्यवस्था हुनुपर्छ भनेर हामीले माग गर्दा सिडिओ सकारात्मक हुनुभएको छ । उहाँले अहिलेलाई निर्णय भइसकेकाले छलफल गरी निचोडमा पुग्छौं भन्नुभएको छ । तरपनि, सहजता गर्ने कोशिस हुन्छ भन्नुभएको छ ।’
खतिवडाले प्रशासनको यो निर्णय निकै अव्यवहारिक रहेको पनि बताए । अघिल्लो हप्तादेखि नै निर्माण मजदुरहरुलाई दुःख दिने काम भएको भन्दै आफूले यस सम्बन्धमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, कास्की ट्राफिक, वडा प्रहरी सबै ठाउँमा ध्यानाकर्षण गराएको बताए । उनले भने– ‘कोरोना सर्ने त मान्छेले हो । ढुंगा, बालुवा, गिट्टीले त होइन । मान्छे बोक्ने सवारी चाहिँ निर्वाध चल्न पाउने । अनि, निर्माण सामाग्री बोक्ने सवारी जहाँ चालक र परिचालक मात्र हुन्छन्, त्यो चाहिँ रोकेर कस्तो निषेधाज्ञा हो ? बुझि नसक्नु छ ।’
शुक्रबार निर्माण व्यवसायी खतिवडा सहितका व्यवसायीहरु, मजदुर संगठनबाट सन्तोष खनाल, हेभी इक्यूपमेन्ट, गण्डकी ट्रक, मिनी ट्रकका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन