शुक्रबार गण्डकीका १५७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९७० जनामा गरिएको नमुना परीक्षणमा थप १५७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८५ जना, तनहुँका १० जना, गोरखाका नौ जना, लमजुङका १० जना र नवलपुरका १३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका २१ जना, पर्वतका दुई जना, बागलुङका दुई जना र म्याग्दी जिल्लाका पाँच जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार १४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार ९२३ पुगेको छ।
शुक्रबार गण्डकीमा पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, पर्वतका एक जना र कास्की पोखराका तीन जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३०६ पुगेको निर्देशनालयले जनाएको छ।


सम्बन्धित खबर
कार्यकक्षमै सब–इन्जिनियरमाथि कुटपिट, एक पक्राउ
नगरपालिकाको कार्यालयमै सब–इन्जिनियरमाथि कुटपिट, घटना विवरण भने गोप्य
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य