तनहुँमा जुवातास खेलिरहेका ९ जना २ लाख ३८ हजार नगदसहित पक्राउ

तनहुँमा जुवातास खेलिरहेका ९ जना २ लाख ३८ हजार नगदसहित पक्राउ

juwade tas

File Photo

तनहुँ।  जुवातास खेलिरहेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।

जिल्लाको ब्यास नगरपालिका वडा नं -४ निवासी मिन बहादुर गुरुङको घरमा तास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो।

गुरुङको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगद २ लाख ३८ हजार ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ