१६ वर्षीया किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

१६ वर्षीया किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ

men rape men

सांकेतिक फोटो

सुर्खेतमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार इलाका प्रहरी बाबियाचौरले उनीहरुलाई पक्राउ गरेको हो ।

सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ पर्नेमा पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको जानकारी दिए ।

पक्राउ पर्नेमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेका छन् ।

प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विष्टले जानकारी दिए ।

चौकुने गाउँपालिका घर भइ पञ्चपुरी नगरपालिकामा बस्दै आएकी ती किशोरीले पटक–पटक विभिन्न व्यक्तिबाट आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।

प्रहरीका अनुसार बलात्कृत किशोरीको पेटमा गर्भ समेत रहेको छ। प्रहरीले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds