९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

pakrau

पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नवीन हुसेन अन्सारी रहेका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यका अनुसार अन्सारीले बालिकालाई २१ भदौको राति जबरजस्ती करणी गरेको उजुरी परेको थियो । पैसा दिने भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । अन्सारी १२ वर्षदेखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए ।

करणीपश्चात फरार रहेका उनलाई २२ गते पक्राउ गरिएको थियो । अदालतबाट म्याद थप गरी अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds