मनाङ । हिमाली जिल्ला मनाङमा जडीबुटी बिक्रीबाट रू. १२ लाख ४० हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४ किलो जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो ।
आर्थिक वर्ष २०७५/७६ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आर्थिक वर्षमा कम राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप प्रमुख लेखनाथ गौतमले बताए ।
जिल्लाको मुख्य आयस्रोतको रूपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व संकलन हुँदै आएको छ ।