गण्डकी विश्वद्यिालयको डिनमा डा. कपिल अधिकारीलाई नियुक्त गरिएको छ । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा. डा. नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।
अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि डा. अधिकारीले पदबहालीसमेत गरेका छन् । डा. अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ ।
विश्वविद्यालयले असोज १७ बाट अध्ययन अध्यापन सुरु गर्ने छ । विश्वविद्यालयले नेपालमा नै पहिलो पटक सुरु गरेको स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको अध्ययन अध्यापन लेखनाथ भण्डारढिकस्थित नेपाल आदर्श माविमा सुरु गर्ने भएको छ । बि–फर्मा विषयको पोखरा ३२ स्थित ज्ञानकुञ्ज मावि र सूचना प्रविधि विषय महेन्द्रपुलबाट सुरु गर्ने जनाएको छ ।
सम्बन्धित खबर
पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित
पत्रकार महासंघ पर्वत अध्यक्षमा सापकोटा
पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम
पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा
मुस्ताङमा आलु ‘जोन’ सञ्चालन
भगवतीमाई बहुउद्देश्यीय सहकारीको छैठौं साधारणसभा, पालिकाकै उत्कृष्ट
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो