गण्डकीमा १०४६ को परीक्षण गर्दा ११० जनामा संक्रमण, २३३ संक्रमणमुक्त

गण्डकीमा १०४६ को परीक्षण गर्दा ११० जनामा संक्रमण, २३३ संक्रमणमुक्त

Gandaki covid corona 2

शनिबार गण्डकीका ११० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०४६ जनामा गरिएको नमुना परीक्षणमा थप ११० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४५ जना, तनहुँका सात जना, गोरखाका १३ जना, लमजुङका दुई जना र नवलपुरका २० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका पाँच जना र म्याग्दी जिल्लाका १८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८३ हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २३३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८० हजार २७५ पुगेको छ।

शनिबार गण्डकीमा थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -२१, -१५ र ६ का तीन जना र नवलपुर जिल्ला कावासोती -३ का एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३३१ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ