जिल्ला प्रहरी कार्यालय पुर्वि नवलपरासीले चोरीका १६ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले नवलपुरको अरुणखोला, सर्दी र चिसापानीबाट चोरीमा संलग्न ६ व्यक्तिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
डिएसपी गिरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं. १० बस्ने बर्ष २९ को मुकेश थापा, पाल्पा निस्दी गाउपालिका. वडा नं. ७ बस्ने बर्ष २५ को खेम बहादुर सारु, बिनयी त्रिवेणी गाउपालिका वडा नं. २ बस्ने बर्ष ३० को गंगा बहादुर मगर, मध्यबिन्दु नगरपालिका वडा नं. १० बस्ने बर्ष ३३ को दिल बहादुर सोती, बिनयी त्रिवेणी गाउपालिका वडा नं. ४ बस्ने बर्ष २३ को प्रेम बहादुर परीयार र बिनयी त्रिवेणी गाउपालिका वडा नं. ४ बस्ने बर्ष २० को मिलन थापालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले एकै पटक ठुलो संख्यामा चोरीको मोटरसाईकल समातिएको यो पहिलो घटना भएको बताए ।
मल्लका अनुुसार समातिएका मोटरसाईकलहरु सम्बन्धित धनिलाई सम्र्पक गरेर बुझाउने प्रकृया सुरु भएको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० अनुसार चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको मल्लले बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला