नवलपुरमा चोरीका १६ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

नवलपुरमा चोरीका १६ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

241734604_403694871138650_2564100286021052088_n

जिल्ला प्रहरी कार्यालय पुर्वि नवलपरासीले चोरीका १६ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले नवलपुरको अरुणखोला, सर्दी र चिसापानीबाट चोरीमा संलग्न ६ व्यक्तिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

डिएसपी गिरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं. १० बस्ने बर्ष २९ को मुकेश थापा, पाल्पा निस्दी गाउपालिका. वडा नं. ७ बस्ने बर्ष २५ को खेम बहादुर सारु, बिनयी त्रिवेणी गाउपालिका वडा नं. २ बस्ने बर्ष ३० को गंगा बहादुर मगर, मध्यबिन्दु नगरपालिका वडा नं. १० बस्ने बर्ष ३३ को दिल बहादुर सोती, बिनयी त्रिवेणी गाउपालिका वडा नं. ४ बस्ने बर्ष २३ को प्रेम बहादुर परीयार र बिनयी त्रिवेणी गाउपालिका वडा नं. ४ बस्ने बर्ष २० को मिलन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले एकै पटक ठुलो संख्यामा चोरीको मोटरसाईकल समातिएको यो पहिलो घटना भएको बताए ।

मल्लका अनुुसार समातिएका मोटरसाईकलहरु सम्बन्धित धनिलाई सम्र्पक गरेर बुझाउने प्रकृया सुरु भएको छ । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० अनुसार चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको मल्लले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ