पत्रकारलाई हातपात र दुर्व्यवहार भएकोमा अनलाइन पत्रकार संघ, गण्डकीको ध्यानाकर्षण

पत्रकारलाई हातपात र दुर्व्यवहार भएकोमा अनलाइन पत्रकार संघ, गण्डकीको ध्यानाकर्षण

FNJ bigyaptii copy

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले पत्रकार रञ्जन अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्की अगाडि भएको हातपात तथा पत्रकार ढाकामोहन (गणेश) बराल र प्रल्हादचन्द्र घिमिरेलाई आइतबार भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष कमल सुवेदीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पोखराका क्रियाशील पत्रकार रञ्जन अधिकारी माथि समाचार संकलन गरेर फर्कने क्रममा भएको भौतिक आक्रमण र यस अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार ढाकामोहन (गणेश) बराल र क्रियाशील पत्रकार प्रल्हादचन्द्र घिमिरे माथि भएको दुर्व्यवहारका साथै अन्य पत्रकारलाई समेत दिइएको धम्कीको घटनाप्रति अनलाइन पत्रकार संघ गण्डकीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘जागिर लगाइदिने भन्दै लाखौं ठगेको आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार संकलनमा पुगेका पत्रकारहरुलाई आक्रोश पोखेर हातपात तथा दुरव्यवहार गरेको घटनाको अनलाइन पत्रकार संघ गण्डकी घोर भत्सर्ना गर्दछ । यसरी पत्रकार माथि आक्रमण, दुर्व्यवहार गरिनु र समग्र पत्रकारलाई नै नछाड्ने धम्कि दिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको हाम्रो ठहर छ । साथै, यस घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावारण निर्माण गर्न सम्बन्धित निकायमा माग गर्दर्छौ ।’ –विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ