पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य रञ्जन अधिकारीमाथि हातपात र नेपाल प्रेस युनियन कास्कीका सदस्य समेत रहेका पत्रकार प्रल्हादचन्द्र घिमिरेमाथि दुव्यर्वहार भएको घटनाप्रति नेपाल प्रेस युनियन, कास्कीले घोर भत्र्सना गरेको छ ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जागिर लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा हालै पक्राउ परेका कृष्ण पौडेलको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकार अधिकारीले फोटो/भिडियो खिचिरहेको अवस्थामा पोखरा–७ मासबारका युवराज लामा र पोखरा–२७ तालचोकका नवराज शर्माले उल्टै पत्रकारमाथि आक्रोश पोख्दै फोटो/भिडियो डिलिट गर्न लगाई मोबाइल खोसेर हातपात गरेको घटनाको युनियनले निन्दा एवं भत्र्सना गरेको छ ।
साथै, जिल्ला प्रहरी कार्यालय कास्की गेट नजिकै पत्रकारमाथि भएका यसप्रकारको घटनाको युनियन कास्कीले घोर भत्र्सना गर्दै आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।
समाचार संकलनका क्रममा हुने सम्भावित यसप्रकारका आक्रमणका गतिविधि तत्काल बन्द गर्न समेत माग गरिएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन