‘प्रतीक’ र ‘वर्षा’ प्रेस काउन्सिलबाट पुरस्कृत हुने

‘प्रतीक’ र ‘वर्षा’ प्रेस काउन्सिलबाट पुरस्कृत हुने

pratik barsha

पोखरा । प्रेस काउन्सिल नेपालले पोखराका पत्रकारद्वय बद्रीविनोद खनाल ‘प्रतीक’ र जमुना ‘वर्षा’ शर्मालाई पुरस्कृत गर्ने भएको छ ।काउन्सिलले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम बुधबार सार्वजनिक गरेको छ । पुरस्कृत हुने सूचीमा कास्कीका दुई  पत्रकार समाविष्ट छन् ।

प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतिक’ लाई १ लाख १० हजार राशीको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ प्रदान गर्न लागिएको हो । चार दशकदेखि पत्रकारितामा अनवरत क्रियाशील प्रतिक दुई दशकदेखि पोखरा हटलाइन दैनिकको प्रधानसम्पादक छन् ।

प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा वि.सं. २०७२ सालमा स्थापित ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार’ २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको हो ।

यस्तै, कास्कीकै पत्रकार जमुना ‘वर्षा’ शर्मालाई ‘प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिँदै छ । पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष शर्मा दुई दशक बढी समयदेखि पत्रकारितामा सक्रिय छिन् ।

वर्षा प्रदेश प्रमुखको प्रेस संयोजक बन्ने नेपालकै पहिलो पत्रकार महिला हुन् । सञ्चारिका समूह पश्चिमाञ्चलकी नेतृत्व समेत उनले गरिसकेकी छन् । उनी अहिले रासस र पोखरा एक्सप्रेसमा आबद्ध छिन् ।

वर्षाले आधा दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छन् । जिल्ला विकास समितिबाट पत्रकारिता सम्मान २०७१, टंकादेवी तुलसीप्रसाद स्मृति पुरस्कार २०७४, क्रियाशील महिला पत्रकार अवार्ड २०७४, राससकी उत्कृष्ट संवाददाता २०७६, माउण्टेन टुरिजम् अवार्ड २०७७ लगायतका विभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छन् ।

यसैबीच, काउन्सिलको सर्वाधिक राशी एक लाख ५१ हजार भएको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ