काठमाडौँ । आज विश्व ओजोन तह बचाउ दिवस । ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ।
सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउँदै लगेको छ ।
यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइ अक्साइडको मात्रा निरन्तर बढिरहेको विज्ञले बताएका छन् ।
सन् १७५० अगाडि प्रति दश लाख हावाको कणमा कार्बन डाइअक्साइडको मात्रा २ सय ५० थियो । अहिले प्रति दशलाख हावाको कणमा कार्बनको मात्रा ४ सय १८ पुगेको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चको भनाइ छ । सन् १८९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम शून्य दशमलव ८५ डिग्री सेन्टिग्रेडले बढेको छ । यही अवस्था रहिरहेमा सन् २०३० सम्ममा एक दशमलव ५ डिग्री सेन्टिग्रेड बढ्न सक्ने र यो शताब्दीमा २ सेन्टिग्रेडभन्दा माथि जानसक्ने मञ्चको अनुमान छ ।
जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले ० दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।
वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । उद्योगहरुमा प्रयोग हुने रेफ्रिजिरेटर र एसीमा प्रयोग हुने केमिकलले ओजोनतहमा विनास गर्ने हुँदा यसको कम प्रयोग र नियन्त्रण गर्नु नै ओजोन तह बचाउ गर्ने महत्वपूर्ण उपाय भएको विज्ञनको भनाई छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष