स्याङ्जा भिरकोट नगर अस्पताल नजिक भेटियो नवजात शिशुको सडेगलेको शव

स्याङ्जा भिरकोट नगर अस्पताल नजिक भेटियो नवजात शिशुको सडेगलेको शव

syangja

राम बहादुर रोकाहा, स्याङ्जा । भिरकोट नगरपालिका स्थित हेलु–अर्जुनचौपारी सडकखण्ड अन्तर्गत भिरकोट नगर अस्पताल नजिक एक नवजात शिशुको कंकाल फेला परेको छ ।

अस्पताल पारी पक्की पुल मुनी खोलाको तिरमा वर्ष दिन समय पनि नपुगेको जस्तो शिशुको शव सडेगलेको अवस्थामा स्थानियले देखेको जीवन शर्मा अर्यालले जनाए ।

खबर पाए लगत्तै घटनास्थलमा खटिएका प्रहरीले कंकाल बनिसकेकाले पोस्टमार्टम समेत गर्न नमिल्ने अवस्थामा रहेकोले त्यहीँ खाडल खनी गाडिएको र थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ