काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।
ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा मात्रै चार विकेट गुमाएर भेट्टायो ।
अमेरिकाका स्टेभेन टेलरले ६३ बलमा ९२ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टोलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए ।
लिग–२ अन्तर्गतको जारी सिरिजमा अमेरिकाको यो पहिलो जित हो भने नेपालको यो लगातार दोस्रो हार हो ।
अमेरिकासँग यसअघि भएका तीन वटै खेलमा नेपाल विजयी भएको थियो भने बिहीबार भएको खेलमा नेपालले ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो ।
नेपालले अर्को खेल भोलि ओमानसँग खेल्नेछ । अमेरिकाले पनि सोमबार ओमानसँग खेल्नेछ ।
लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान