पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले धर्मले नै मानिसलाई आचारण संहिता सिकाउने बताएका छन् । मानव मिलन संस्थाले जैन स्थानक भवन पोखरामा आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले धर्मले नै मानिसलाई अनुशासित बनाएको बताए ।
उनले भने,‘मानिस आचारसंहिता भित्र बाँधिएर बस्नु न धर्म हो, धर्मबिना मानिस बाँच्न सक्दैन ।’ उनले मानिस प्रतिस्पर्धाका नाममा हुने विकृतिलाई रोक्न पनि धार्मिक क्षेत्रमा लाग्नु पर्ने बताए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डा. श्री मणिभद्र मुनिजी महाराजको प्रवचनबाट आफू प्रभावित भएको बताए ।
दैनिक रुपमा सञ्चालित हुने प्रर्वचन कार्यक्रममा आफ्नो प्रर्वचन राख्दै मानव मिलनका संस्थापक नेपाल केशरी डा।श्री मणिभद्र मुनिजी महाराजले धर्म जान्न बुझ्नको लागि गहिराईसम्म शास्त्र पढ्न जरुरी नभएको र प्रत्येक व्यक्तिले आ–आफ्नो काम इमान्दारिता पूर्वक नियम पालनाको साथ गर्ने हो भने त्यो नै धर्म रहेको बताए ।
मानव जातीले आफ्नो धर्म छाड्दा समाजमा विकृति मौलाएको बताए । उनले आफूसँग जे छ त्यसैमा रमाउनुपर्ने, त्यसमा नै सन्तुष्ट हुनुपर्नेमा जोड दिए।
उक्त प्रवचन कार्यक्रममा राष्ट्रिय धर्म जागरण अभियान नेपालका संयोजक पूर्व सांसद शंकर पाण्डे, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित बाँस्तोला, क्षेत्रीय शिक्षा निर्देशक अम्बिकाप्रसाद अर्यालले धर्मका बारेमा बोलेका थिए ।
कार्यक्रमको सञ्चालन गर्दै सावित्री शर्माले प्रवचन दैनिक रुपमा बिहान ८ बजे हुने जानकारी गराएकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो