पोखरा । नेकपा (एमाले) आँधिखोला पोखरा सम्पर्क मञ्च, आयोजक कमिटिको एक भेलाले लालकुमार अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
२५ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम पौडेल, उपाध्यक्षमा एस.बि. क्षेत्री, सचिवमा दीपेन्द्र पौडेल, कोषाध्यक्षमा खेम क्षेत्री सहसचिवमा अर्जुन पौडेल, सदस्यहरुमा अञ्जान क्षेत्री (रेशम), मातृका सुवेदी, छवि शर्मा, सोमबहादुर गुरुङ, शेषकान्त ढकाल, आयन सुनार, झविलाल लामिछाने, भलबहादुर क्षेत्री, डासीराम पौडेल, मोतिप्रसाद पौडेल, चन्द्रकान्त पौडेल, यामनारायण लामिछाने, कलाधर पौडेल, टेकराज पौडेल, निर्मला पौडेल, राजेन्द्र ढकाल, विशाल जिसी, नरहरि ढकाल र सुन्दर ढकाल रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटि स्याङ्जा सचिव एवं आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौडेलले आँधिखोला गाउँपालिकामा आफूले गरेको काम, जनताले दिएको साथ सहयोगबारे जानकारी गराए । आँधिखोला पोखरा सम्पर्क मञ्चलाई सधैं साथ सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
अध्यक्ष लालप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्याङ्जा जिल्ला कमिटि सचिवालय सदस्य एवं क्षेत्र नं. १ अध्यक्ष विश्व पौडेल, वडा नं. ३ अध्यक्ष विष्णु खत्री, वडा नं. ६ अध्यक्ष कृष्णप्रसाद ढकाल लगायतले बोलेको मूल आयोजक कमिटि सदस्य श्रीकृष्ण पौडेलले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन दीपेन्द्र पौडेल र स्वागत ए.पी. क्षेत्रीले गरेका थिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा