स्याङ्गजामा जुवातास खेलिरहेका सात जना नगदसहित पक्राउ

स्याङ्गजामा जुवातास खेलिरहेका सात जना नगदसहित पक्राउ

juwade-1

सांकेतिक तस्बिर

स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले जुवातास खेलिरहेका सात जनालाई नगद सहित पक्राउ गरेको छ।

आइतबार साँझ जिल्लाको पुतलीबजार नगरपालिका -१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले नगद ६६ हजार ५६५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ भने, उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ