पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर २० वर्षीय युवकको मृत्यु

पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर २० वर्षीय युवकको मृत्यु

prakhal bhatikyera

प्रतिकात्मक तस्वीर

पोखरा।  पर्खाल भत्काउने क्रममा पर्खालले च्यापिएर एक युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका -१३ बाझापाटन स्थित बालकल्याण माध्यामिक विद्यालयको पुरानो पर्खाल भत्काउने क्रममा सोही पर्खालले च्यापिएर युवकको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

मृत्यु हुनेमा भारत वेतिया जिल्ला बसन्तपुर घर भइ हाल पोखरा -१३ मियापाटन बस्दै आएका अन्दाजी २०  वर्षीय रितेश राम रहेका छन् ।

केसीका अनुसार पर्खालले च्यापिएर गम्भीर घाइते भएका उनलाई तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएपनि उपचारका क्रममा उनको ज्यान गएको हो।

घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको उपरीक्षक केसीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ