पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व टीम टुंगो लागेको छ । संघको २५ औँ साधारणसभा तथा १३ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । शनिबार सम्पन्न मतदानको मतगणना सोमबार राति टुंगिएको छ ।
यसअघि नै अध्यक्ष पदमा छत्रधर आत्रेय निर्विराेध भइसकेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा विनोद श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिष्पर्धी भरतकुमार अधिकारीलाई ५८ मतले पछि परे ।उनले कुल ८ सय १ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ४३ मत प्राप्त गरे ।
प्रथम उपाध्यक्ष पदमा राजेन्द्र ओझा विजयी भएका छन् । उनले प्रकाशलाल श्रेष्ठ लाई १ सय ५२ मतले पछाडि पारेका हुन् । ओझाले कुल ८ सय ५७ मत ल्याउँदा श्रेष्ठले ४ सय ७९ मत ल्याए ।
संघको द्वितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बाँस्तोला विजयी भएका छन् । उनले शैलेन्द्रमोहन भट्टराईलाई १ सय ४७ मतले हराएका हुन । बाँस्तोलाले कुल ८ सय ५३ मत ल्याउँदा भट्टराईले ७ सय ६ मत प्राप्त गरेका थिए । बाँस्तोला यस अघिका महासचिव हुन् भने भट्टराई कार्यसमिति सदस्य हुन् ।
उपेन्द्रराज सुवेदी ९राजु० ले ४ सय ६९ को फराकिलो मतान्तरले मेनुका श्रेष्ठलाई पराजित गर्दै महासचिव पदमा विजयी भएका छन । सुवेदीले अहिलेसम्मकै सर्वाधिक १ हजार १९ मत ल्याउन सफल भएका छन् भने श्रेष्ठले जम्मा ५ सय ५० मत प्राप्त गरिन् । सुवेदी यसअघि संघका उप–महासचिव पदमा रहेका थिए भने श्रेष्ठ कार्यसमिति सदस्य हुन् ।
यस्तै, जानुका अधिकारीले धिरजकुमार श्रेष्ठलाई पराजित गर्दै उपमहासचिव पदमा निर्वाचित भएकी छन् । उनले श्रेष्ठलाई ३ सय मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । अधिकारीले ९ सय ३३ मत प्राप्त गर्दा श्रेष्ठले ६ सय ३३ मत प्राप्त गरेका थिए । पदाधिकारीमा महिला पुगेको यो नै पहिलो पटक हो ।
यस्तै, भरतराज ओझाले प्रतिष्पर्धी रामजी पौडेललाई ९५ मतले पराजित गर्दै कोषाध्यक्ष पदमा विजयी भएका छन् । उनले ७ सय ५७ मत ल्याउँदा उनका प्रतिष्पर्धी पौडेलले ६ सय ६२ मत ल्याएका थिए । चुनावको दुई दिन अगाडि उम्मेदवारी फिर्ता लिएर पौडेललाई सर्मथन गरेका भिमबहादुर नेपाली ९काइँला० ले १ सय २८ मत प्राप्त गरे । अन्तिम अवस्थामा उम्मेद्वारी फिर्ता लिँदा यसको प्रत्यक्ष फाइदा ओझालाई पुग्न गएको छ । उम्मेदवारी फिर्ताको समय कटिसकेकाले उनको नाम मतपत्रमा थियो ।
सदस्य खुल्लातर्फ उम्मेद्वारी दिएका २० जनालाई पछि पार्दै ८ जनाले जित हासिल गरेका छन । विजयी हुनेहरुमा विक्रम कर्माचार्य, बुद्धिप्रसाद बाँस्तोला, ध्रुवबाबु भटृराई, इन्दिरा रोका, जिवन तिवारी, भरत थापा, पुष्पमणि भण्डारी र हरि बस्ताकोटी रहेका छन् ।
सदस्यमध्येबाट विक्रम कर्माचार्यले ९ सय ५८ मत ल्याएका छन् भने बुद्धिप्रसाद बाँस्तोलाले ८ सय ९२, ध्रुवबाबु भट्टराईले ८ सय २४, ईन्दिरा रोकाले ७ सय ९४, जिवन तिवारीले ७ सय २१, पुष्पमणि भण्डारीले ६ सय ७५, भरत थापाले ६ सय ७१ र हरि बस्ताकोटीले ६ सय २९ मत ल्याउन सफल भएका हुन् ।
यस्तै, महिला सदस्यमा उम्मेदवारी दिएका ५ जना मध्येबाट २ जना विजयी भएका छन् । विजयी हुनेहरुमा गंगाकुमारी मल्लले ८ सय ९५ मत प्राप्त गरेकी छन् भने रञ्जना बरालले ७ सय ९१ मत प्राप्त गरेकी छन् ।
यसअघि नै संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसिएट सदस्यमा मेघराज पौडेल निर्विरोध निर्वाचित भइसकेका थिए । विजयी उम्मेद्वारहरुलाई सोमबार राति नै विजयीको प्रमाणपत्र प्रदान गरिएको छ ।
तस्वीरः लेखनाथ खबर
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु