लमजुङमा छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक थुनामा

लमजुङमा छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक थुनामा

raper1

लमजुङ  १४ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका लमजुङका शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । राइनास नगरपालिकाकाे भैरव माविका शिक्षक प्रकाश थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बलात्कारकाे आराेप लागेपछि फरार रहेका उनलाई भदाै १४ सोमबार जिल्लाकाे सदरमुकाम बेशीसहरबाट प्रहरीले पक्राउ गरेकाे थियाे । पीडित छात्राले १ भदौमा राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफूमाथि हुँदै आएको कारुणिक यौन दुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रक्रिया अघि बढेको थियाे । जाहेरीलगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए ।

बुधवार जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायाधीश पुनाराम खनालको एकल इजलासको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

बलात्कारका अर्का आरोपी अर्जुन विक्रम थापा भने ३ लाख धरौटी तिरेर रिहा भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ