आशिष पुरी, पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढिरहेको समयमा नेपाली कांग्रेस कास्कीको वडा अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन असोज ९ गतेलाई तोकिएको छ ।
नेपाली कांग्रेसको तल्लो तहबाट नै युवाको बाक्लो उपस्थिति रहेको कास्कीमा यसपटक पोखरा महानगरको निर्वाचनमा उप-सभापति पदमा २२ वर्षीय निर्दोष विक्रम पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् ।
देशकै भौगोलिक रुपले सबै भन्दा ठूलो महानगर पोखरा महानगरमा निर्दोषको उम्मेद्वारी अर्थपूर्ण रहेको जानकारहरु बताउँछन् ।
पोखरामा नेविसंघको राजनीतिमा सक्रिय पौडेल आफ्ना पिताको प्रेरणाले राजनीतिमा होमिएका हुन् । गण्डकी अञ्चलका तत्कालीन समयका चर्चित विद्यार्थी नेता अर्जुन पौडेलका पुत्र हुन् निर्दोष विक्रम पौडेल ।
जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पौडेल नेविसंघ जनप्रिय बहुमुखी क्याम्पसको वरिष्ठ उपाध्यक्ष हुन् । पोखरामा उच्च माध्यमिक तह अध्ययन हुने विद्यालयमा नेविसंघको संगठन बिस्तारमा भूमिका गरेका पौडेल युवा पंक्तिमा लोकप्रिय छन् ।
३ वटै क्षेत्रमा फैलिएको पोखरा महानगरमा युवा उम्मेद्वार निर्दोष उपसभापति उम्मेद्वारहरु मध्ये बलिया उम्मेद्वार हुन् । करिब १३६० मतदाता (क्षेत्रीय प्रतिनिधि) रहेको निर्वाचन रोचक दृश्यकासाथ हेरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?