पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा पोखरा महानगर कार्यसमिति सह–सचिव पदमा संघर्स कोइरालाले उम्मेद्वारी दर्ता गरेका छन् ।
लामो समय बिद्यार्थी राजनीतिमा रहेका कोइराला निवर्तमान नेविसंघ कास्कीका सचिव रहेर बिद्यार्थी राजनीतिमा आफ्नो राम्रो पहिचान बनाइ सकेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उमेद्वार मनोनयन दर्ताको कार्यक्रम भएको थियो ।
बेलायतबाट स्नातक गरेका कोइरालाले हाल एमपी जि डिमा स्नातकोत्तर गर्दैछन् । बिद्यार्थी राजनीतिमा बौद्धिक नेता भनेर चिनिने कोइरालाले महानगर कार्यसमिति सह–सचिवमा दिएको उम्मेद्वारी सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्दै दिएको बताएका छन् ।
उम्मेद्वारी दर्ता गर्दै कोइरालाले भने “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन” भन्ने प्रतिबद्धतासहित पोखरा महानगर समितिको सह–सचिवमा आफुले बिजय हुने विश्वास लिएको बताए । साथै कोइरालाले शुभेच्छुकहरु, क्षेत्रिय प्रतिनिधिज्युहरुलाई आफुलाई अमुल्य मत प्रदान गरी युवाहरुलाई प्रोत्साहन गर्न समेत अनुरोध गरेका छन् । सम्पूर्णको सहयोग आफुलाई रहेको हुँदा काङ्ग्रेसको महानगर समितिमा बिजय भएपछि जिम्मेवार पूर्वक सबै युवाहरुको प्रतिनिधित्व गरेर काम गर्ने र आउने स्थानीय निर्वाचनमा महानगरमा काङ्ग्रेसलाई बिजय गराउने गरेर आफुले संगठन निर्माण गर्दै काङ्ग्रेसलाई बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
मनोनयन दर्ता पछि कोईरालाले भने- “मेरो उमेद्वारी अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन, युवा नेतृत्व स्थापित गर्नका निम्ति हो ।” गतिशिल, सबल, सुदृढ सङ्गठन निर्माणका लागि नै मेरो उम्मेद्वारी रहेको हुँदा सबै प्रतिनिधिले सहयोग गरि बिजयी बनाउन अनुरोध समेत गरेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ