एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

Uml-New-office

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक आज बिहान ११ बजे सुरु हुनेछ । केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्नेछ ।

बैठकमा विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल हुने बताइएको छ । एमाले केन्द्रीय कमिटीको बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने जनाइएको छ ।

एमालेले असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds