प्रचण्डसँग चुनाव लड्न तयार छुः बादल

प्रचण्डसँग चुनाव लड्न तयार छुः बादल

ram-bahadur-thapa-badal

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो कुरा बताएका हुन्। ‘चितवनमा प्रचण्डविरुद्ध बादल चुनाव लड्न तयार छ’, उनले भने, ‘प्रचण्ड समाजवाद र राष्ट्रियता विरोधी हुन्। उनीसँग चुनाव लड्न मलाई कुनै समस्या छैन।’

बादल पूर्वमाओवादीका नेता हुन् । बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन् । तर, साविक नेकपा खारेज भएपछि एमालेमै रहेका बादलले माओवादी युद्धका आफ्ना सुप्रिम कमान्डर प्रचण्डसँग चुनाव लड्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ