चुनावमा हार्नेहरु कतिपय आफू बाहिरिएसँगै संस्थालाई फर्केर पनि नहेर्ने गरेको पाइन्छ । विभिन्न कारणले हराइयो, हराइदिए भन्दै मनमा तुष पालेर बस्छन्, चुनावका प्रतिपक्षीलाई सधैं प्रतिपक्ष व्यवहार गरेर असहयोग गर्ने पनि हुन्छन् । तर यहाँ उदाहरण लायक काम भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशनमा पराजित भएकाहरुले नवनिर्वाचित नेतृत्वलाई बधाई र सम्मानका लागि कार्यक्रम नै आयोजना गरेको छ । उपविजेता उम्मेदवारहरुले सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।
संघको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षत्रधर आत्रेयले संस्थाको प्रचलनभन्दा एक कदम अघि बढेर आयोजना गरिएको यस कार्यक्रम सह्रानीय भएको बताउँदै सबैले अनुशरण गर्नुपर्ने बताए । उनले यसपालिको संघको निर्वाचनमा बजारमा अनावश्यक चर्चा भएको बताउँदै निर्वाचनपछिको परिणामले हल्ला भएजस्तो प्रभाव नदेखिएको दाबी गरे । व्यवसायीले राजनीतिक रुपमा नभई विशुद्ध व्यवसायीको प्रतिनिधिको रुपमा मतदान गरेको उनको भनाइ छ ।
संघमा प्रथम उपाध्यक्षका उपविजेता प्रकाशलाल श्रेष्ठले अनावश्यक हल्लाको पछि नलागी एकता, सद्भाव र समुन्नतिको लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।
संघका निवर्तमान अध्यक्ष बलराम ढकालले उपविजेताले सम्मान गरेको कार्यक्रम नेपालमै पहिलो भएको दाबी गरे । उनले यो क्षण ऐतिहासिक, अविस्मरणीय र उदाहरणीय भएको बताउँदै प्रशंसा गरे । संघको पूर्वनिर्धारित कार्यक्रम रोकिएको विषय तोडमोड एवं काल्पनिक कुरा गरेर दिग्भ्रमित पार्ने काम गरिएको बताउँदै यसतर्फ आत्मालोचित हुनुपर्ने उनको ठहर छ । चुनावका बेला देखिएको राजनीतिक प्रभावतर्फ संकेत गर्दै परिणामपछि पनि केही तत्वले बिकाउ कुरा गरेर भ्रम छर्न खोजेको र खेल्न खोजेकोमा आक्रोश व्यक्त गर्दै सत्य सधैं सत्य हुने र त्यसरी खेल्न खोज्नेहरु नै पत्तासाप हुने चेतावनी दिए ।
कार्यक्रम संयोजक धीरजकुमार श्रेष्ठले विजयी उम्मेदवारले उपविजेतालाई बोलाउने प्रचलनभन्दा माथि उठेर बधाई एवं सम्मान कार्यक्रम आयोजना गरिनुले सकारात्मक सन्देश प्रवाह हुने बताए ।
तस्वीरः लेखनाथ खबर
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो