काठमाडौंमा दशैंका लागि कपडा अर्डर गरेर पोखरा फर्कँदै गर्दा बिहिबार राति पोखरेली व्यवसायी प्रेमबहादुर भुजेलसहित ४ जना कार दुर्घटनामा परे ।
मध्येरात १२ बजेतिर नाग्दीखोला भन्ने ठाउँको घुम्तीबाट त्रिशूली नदीमा खस्दा भुजेल र दुई जना अझै वेपत्ता छन् । कार दुर्घटनामा प्रेमसहित पोखरा १७ का लेखबहादुर भुजेल र ईश्वरी भुजेल पनि त्रिशूलीमा हराएका हुन् ।
कारमा सवार रुद्र सुवेदी ढोकाबाट उछिट्टिएर बाँच्न सफल भए । उनलाई भरतपुरमा उपचारपछि पोखरा ल्याइएको छ । कारको टुक्राहरु बाहेक अरु केही फेला पार्न सकिएको छैन । शुक्रबार दिनभर खोजी गर्दा पनि प्रेमसहित ३ जना नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ड्रोन उडाएर त्रिशूलीको किनारैकिनार खोजी गरिएको छ भने सशस्त्रका गोताखोरले पनि खोजेको थियो । खोजी कार्यलाई शनिबार पनि जारी राखिएको छ । नाग्दीखोला क्षेत्र अत्यधिक दुर्घटना भइरहने ठाउँ भएको प्रहरीको भनाई छ ।
प्रेम पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन् । उनी असोज २ गते तेस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष चुनिएका थिए । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ कास्कीको सदस्य पनि हुन् । कपडा व्यवसायी संघ कास्कीका पूर्वअध्यक्ष रहेका उनी पोखरा उद्योग वाणिज्य संघका पूर्वसदस्य पनि हुन् ।
हंसपुरका उनी प्रकृति सप्लायर्सका सञ्चालक हुन् । कपडा व्यवसायी भुजेल दसैंका लागि कपडा किनमेल गर्न काठमाडौं गएका थिए ।
घाइते अवस्थामा फेला परेका रुद्र सुवेदीले आफूलाई दुर्घटना कसरी भयो भन्नेबारे थाहा नभएको प्रहरीसँगको सोधपुछमा बताएका छन् । एक्कासी ड्याम्म आवाज आएको र आफू रुखमा अड्किएको उनले सुनाएका छन् ।
त्रिशुलीमा कार दुर्घटनाः पोखरा चेम्बरका बरिष्ठ उपाध्यक्ष भुजेलसहित ३ बेपत्ता, १ घाइते
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ