काठमाडौंबाट पोखरा आउँदै गरेको कार चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
ग.२ च ४९१८ नम्बरको कार गएराति पौने १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।
कार दुर्घटनामा परी पोखरा महानगरपालिका–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पूरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले राति पौने २ बजेतिर घटनाको जानकारी पाएको थियाे ।
प्रेम भुजेल पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन्। उक्त दुर्घटनामा परेको कार पनि भुजेलकै हो । यही असोज २ गते सम्पन्न पोखरा चेम्बर अफ कमर्शको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट भुजेल वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
भुजेल कपडा व्यवसायी संघ, कास्कीको पूर्व अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्य, नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ कास्कीको सदस्य हुन् । हंसपुरका उनी प्रकृति सप्लायर्सका सञ्चालक हुन् ।

तस्वीरः ईच्छाकामना एफएम
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो