पोखरा । कोरोना भाइरस संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु पुष्टि भएकाे छ । कास्कीकाे पाेखरा १० की ३८ वर्षीया महिलाकाे आइतबार मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
पाेखरा १ की ३९ वर्षीया महिलाकाे उपचारकाे क्रममा शनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ । पाेखरा १ का ७५ वर्षीय पुरुषकाे चरक मेमाेरियल अस्पताल पाेखरा र रुपा १ की ९१ वर्षीया महिलाकाे गण्डकी मेडिकल कलेज पाेखरामा शुक्रबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३५७ पुगेको छ ।
कास्कीमा १२४ सहित गण्डकीमा १९२ मा पुष्टि
पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६५ जना पुरुष तथा ५९ जना महिला गरी १२४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १२४ जनासहित म्याग्दीका ७ जना, पर्वतका २ जना, गाेरखाका ३१ जना, लमजुङका १० जना, तनहुँका ३ जना, स्याङ्जाका १३ जना र नवलपुरका २ जना गरी प्रदेशका ८ जिल्लामा १०२ पुरुष तथा ९० जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार २३४ पुगेको छ। पछिल्लो २४ घण्टामा २६२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ७२४ पुगेको छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’