पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन् ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गराए । सुरक्षा परिषददेखि विभिन्न समितिहरुमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको मुख्यमन्त्री पोखरेलले बताए ।
संयुक्त राष्ट्र संघको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको भन्दै उनले राष्ट्र संघकै नेतृत्वमा शान्ति, स्थिरता र समृशिद्ध हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए ।
राष्ट्र संघले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैंगिक विकास, मानव अधिकार, दीगो विकास लक्ष्य हासिल गर्नका लागि गरेको सहयोग महत्वपूर्ण रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘सुशासनको प्रत्याभूति, संघीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ ।’ कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरु अग्रसर रहेको भन्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढंगबाट संबोधन गर्नुपर्ने भनाइ राखे ।
उद्योग, पर्यटन, कृषि आदि क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकारले योजनाहरु तयार गरिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले दीगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजान क्रियाशील भएता पनि त्यसलाई हासिल गर्न थप मेहनत गर्नुपर्ने बताए ।
भेटका क्रममा संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीले दीगो आर्थिक विकास, प्रदूषणमुक्त रोजगारी (ग्रिन जब) आफूहरुको पहिलो प्राथमिकता रहेको बताइन् । उनले भनिन्,‘संयुक्त राष्ट्र संघले ५ वर्षका लागि विकास फ्रेमवर्क बनाउँदैछ, प्रदेशले निर्धारण गरेका प्राथमिकतालाई त्यसमा समावेश गरेर हामीले अगाडि बढाउने छौं ।’ उनले दीगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्र संघले अझै सघाउने प्रतिबद्धता जनाइन् ।
भेटका अवसरमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले र प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्र संघको भूमिकाका बारेमा चर्चा गरे ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’