यही असोजमा मात्रै नेपाली बजारमा प्रवेश गरेको मोटरहेड टेक्कन आर २५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । दुई सातामै चार दर्जन युनिट विक्री भइसकेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ । पोखरामै छोटो अवधिमा ५ वटा बुकिङ भइसकेको छ ।
मोटरहेडको पोखराका लागि आधिकारिक विक्रेता पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि हो । केही समयका लागि मात्र ४ लाख ५ हजार रुपैयाँ मूल्यमा उपलब्ध गराइएको यो मोटरसाइकलको मूल्य निकट भविष्यमै बढ्ने कम्पनीले जनाएको छ । आगामी दिनमा यो मोटरसाइकलको मूल्य १० हजार देखि १५ हजार रुपैयाँको दरले बढ्ने अनुमान गरिएको छ ।
टेकन २५० को ३ लाख ९५ हजार र टेक्कन २५० आरको ४ लाख ५ हजार छ । यो मोटरसाइकलमा फराकिलो र ठूलो टायर छ । यसका साथै उच्च ग्राउन्ड क्लियरेन्स, पिकअप पावर र आरामदायी रहेको दाबी कम्पनीको छ । यो २२३ सीसी क्षमताको इन्जिन जडित मोटरसाइकल हो । यसले अधिकतम १२.५ किलोवाट पावर टोर्क १७ एनएम दिने बिक्रेता कम्पनीले जनाएको छ ।

मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ । फाइनान्समा खरिद गर्दा पनि ए क्लासका बैंक र फाइनान्सहरुबाट सहज तरिकाले फाइनान्स सुविधा उपलब्ध हुने र १८ महिना सम्म बाँकी रकम किस्ता तिर्न सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ ।
२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ ।
मोटरहेडको पोखरा सहित देशका प्रमुख सहरहरुमा थ्रीएस सुविधा (बिक्री, सेवा र स्पेयर) सहित १४ वटा डिलर आउटलेट छन् ।

पोखराको लागि विक्रेता ‘मल्टि स्टार मोटर्स’
पोखरा र आसपासका युवाले यो मोटरसाइकल खरीदका लागि पोखरा-५ पर्स्याङमा रहेको मल्टिस्टार मोटर्स प्रालि.मा सम्पर्क गर्न सक्नेछन् । शो रुमको सम्पर्क नम्बर ०६१–५३२३६० हो । मोटरहेडको विभिन्न मोडलहरु उपलब्ध रहेको मेनेजिङ डाइरेक्टर ईन्द्र गिरीले जनाए ।
कम्पनीका अनुसार मोटरहेड बाइक नेपालका सबै भू–भागका लागि उपयुक्त मानिएको छ । मोटरहेड ब्रान्डको डर्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ। स्क्र्याम्ब्लर २५० को ४ लाख ५५ हजार, स्पोर्टस अन रोड ३ लाख ७० हजार, स्पोर्टस अफ रोड ३ लाख ६८ हजार, एमएच २०० एक्स ३ लाख ७५ हजार, एमएच १५० आरको ३ लाख ५ हजार, एक्स टोर्क २५० को ३ लाख ९० हजार मूल्य छ ।
कम्पनीले सात फरक मोडलमा अपग्रेड गरिएका मोटरहेड एमएच १५० आर, डर्ट बाइक, एमएच २०० ड्युल प्रपोज, टेक्केन २२३ सिसी मोडल, स्पोर्टस् अफरोड डर्ट, स्पोर्टस् अनरोड, एक्स टर्क र स्क्र्याबलर २५० सिसी बाइक बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गरिरहेका स्क्र्याम्बलरको २५० को मूल्य २ लाख ९५ हजारदेखि ४ लाख ५५ हजार रुपैयाँसम्म पर्छ ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’