पर्वत । बालिकालाई फकाईफुलाई भारततर्फ बिक्री गर्न लगेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका २४ बर्षिय सुर्यबहादुर भण्डारी पक्राउ परेका हुन् ।
प्रेमको नाटक गरी १४ बर्षिया बालिकालाई मोवाईल किनिदिएको तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाएर अभिभावकबाट छुट्टाई असोज ६ गते नेपाल भारत बोर्डर रानीजोगबनी पुर्याएको आरोप उनीमाथि लागेको छ ।
यद्यपी, भण्डारीले आफूहरु प्रेममा रहेको र यहाँ बालिकाको उमेर सानो भएकाले बिहे गर्दा कानुनी फन्दामा परिने भएकाले भारत गएर बस्ने सोचले गएको बयान दिएका छन् ।
जोगबनी स्थित मानव सहायता संस्थाले सानी बालिकालाई युवकले लगेको देखेपछि पक्राउ गरी अभिभावकको जिम्मा लगाएका थिए । दुवै जना पुनः पर्वत फर्केपछि क्रुद्ध अवस्थामा रहेका परिवारले मानव बेचबिखन मुद्धा चलाएको हो ।
बालिकाका परिवारको उजुरीको आधारमा बुधवार जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोलीले भण्डारीलाई पक्राउ गरेको छ । उनलाई कुश्माबजारको शिवालय चोकवाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।
भण्डारीलाई मानब बेचबिखन तथा ओसारपोसार मुद्धा शिर्षकमा पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरी पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।
यद्यपी, यस्ता घटनामा युवकलाई मानव बेचबिखन, अपहरण, जबर्जस्ती करणी जस्ता मुद्धामा युवतीका परिवारले मुद्धा चलाई रिस फेर्ने गरेको उदाहरण देखिन्छ । आफूहरुको सहमति विना छोरीचेली भगाएपछि युवक पक्षलाई यसरी नै कानुनी दायरामा ल्याउने गरेको पाइन्छ ।
सम्बन्धित खबर
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’