पर्वत । बालिकालाई फकाईफुलाई भारततर्फ बिक्री गर्न लगेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका २४ बर्षिय सुर्यबहादुर भण्डारी पक्राउ परेका हुन् ।
प्रेमको नाटक गरी १४ बर्षिया बालिकालाई मोवाईल किनिदिएको तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाएर अभिभावकबाट छुट्टाई असोज ६ गते नेपाल भारत बोर्डर रानीजोगबनी पुर्याएको आरोप उनीमाथि लागेको छ ।
यद्यपी, भण्डारीले आफूहरु प्रेममा रहेको र यहाँ बालिकाको उमेर सानो भएकाले बिहे गर्दा कानुनी फन्दामा परिने भएकाले भारत गएर बस्ने सोचले गएको बयान दिएका छन् ।
जोगबनी स्थित मानव सहायता संस्थाले सानी बालिकालाई युवकले लगेको देखेपछि पक्राउ गरी अभिभावकको जिम्मा लगाएका थिए । दुवै जना पुनः पर्वत फर्केपछि क्रुद्ध अवस्थामा रहेका परिवारले मानव बेचबिखन मुद्धा चलाएको हो ।
बालिकाका परिवारको उजुरीको आधारमा बुधवार जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोलीले भण्डारीलाई पक्राउ गरेको छ । उनलाई कुश्माबजारको शिवालय चोकवाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।
भण्डारीलाई मानब बेचबिखन तथा ओसारपोसार मुद्धा शिर्षकमा पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरी पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।
यद्यपी, यस्ता घटनामा युवकलाई मानव बेचबिखन, अपहरण, जबर्जस्ती करणी जस्ता मुद्धामा युवतीका परिवारले मुद्धा चलाई रिस फेर्ने गरेको उदाहरण देखिन्छ । आफूहरुको सहमति विना छोरीचेली भगाएपछि युवक पक्षलाई यसरी नै कानुनी दायरामा ल्याउने गरेको पाइन्छ ।
सम्बन्धित खबर
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
रुकुमपश्चिमबाट आएको बस तनहुँमा टिपरसँग ठोक्कियो, ७ जना घाइते
तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु
रानीपौवामा निःशुल्क शिविर
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोर मृत फेला
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार