साफ च्याम्पियनसिप २०२१ नेपालले विजयी सुरूवात गरेको छ। आयोजक राष्ट्र माल्दिभ्सलाई उसको घरेलु मैदानमा नै हराउँदै इतिहास रचेको हो ।
शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलले पराजित गरेको हो। माल्दिभ्स साफको साविक विजेता हो। नेपालको जितमा सब्सिच्युट खेलाडी मनिष डाँगी नायक सावित भए। उनले खेल सकिन चार मिनेट बाँकी छदा गोल गरेका थिए।
कतारमा तयारी गरेर ओमानविरुद्ध अभ्यास खेल खेलेपछि माले पुगेको नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्सविरुद्धको खेलमा अन्तिम ८६ मिनेटमा गोल गर्दै जित हासिल गरेको हो ।
विशाल राईले उपलब्ध गराएको पासमा मनिषले ८६ मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए। मनिष खेलको ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।
पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दक्षिण एसियाली फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको तयारीमा दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । डिफेन्डिङ च्याम्पियन पनि हो माल्दिभ्स । उपाधि विजेतालाई सुरुमा नै हराएर नेपालले आफूलाई यो पटकको उपाधि दाबेदारको सन्देश दिएको छ ।
यस आधारमा कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका टिम राम्रो तयारीसाथ माले पुगेको भन्न मिल्छ । अल्मुताइरीको मुख्य लक्ष्य पनि साफको उपाधि नै हो, जहाँ नेपाली टिम हालसम्म सेमिफाइनलभन्दा माथि उक्लिएको छ ।
ढाकामा भएको साफ २०१८ को उपाधि यात्रामा माल्दिभ्सले नेपाललाई सेमिफाइनलमा ३–० ले हराएको थियो । टोलीले फाइनलमा भारतलाई २–१ ले पन्छाउँदै दोस्रोपल्ट साफको ट्रफी कब्जा गरेको थियो । यस प्रतियोगितामा नेपालले हालसम्म माल्दिभ्सलाई हराएको छैन । यो नै पहिलो इतिहास हो ।
यसअघि शुक्रबार नै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण