एमाले विधान महाधिवेशनः ७० वर्षको उमेर हद लागू हुने, ओलीलाई ‘कम्फर्टेबल’

एमाले विधान महाधिवेशनः ७० वर्षको उमेर हद लागू हुने, ओलीलाई ‘कम्फर्टेबल’

oli

काठमाडौँ । नेकपा एमालेले पार्टीका पदमा ७० वर्षको उमेर हद कायम गरेको छ ।

ललितपुरको गोदावरीमा आयोजना गरिएको विधान महाधिवेशनमा एमालेले यस्तो घोषणा गरेको हो ।

यसअनुसार अब कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् ।

यसअघि ७० वर्ष पूरा भएका नेताले आफू निर्वाचित भएको पदबाट बीचमै राजीनामा दिनुपर्ने थियो । तर विधान महाधिवेशनले त्यसलाई थप व्याख्या गर्दै ७० वर्ष पूरा नभएसम्म पदाधिकारीमा उठ्न पाउने र आफू निर्वाचित भएको पद पूरै कार्यकाल बिताउन पाउने व्यवस्था गरिएको छ ।

यसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप सहज हुने देखिएको छ । ६९ वर्षीय ओली महाधिवेशन हुँदाका बखत पनि ७० वर्ष पुग्ने छैनन् । त्यसैले आगामी दशौं महाधिवेशनमा अध्यक्षमा ओली निर्वाचित भए पूर्ण कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्न पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds